नगर विकास समितिहरुले स्थानीय तहसँग समन्वय गरी कार्य संचालन गर्ने सम्बन्धमा
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४/२/१९ को निर्णयानुसार नगर विकास समितिहरुको हस्तान्तरण सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहरी विकास मन्त्रालयसँगको समन्वयमा कार्यवीधि तयार गरी कार्य संचालन गर्ने निर्णय भएको, नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४/३/२६ को निर्णयानुसार सो कार्यविधि तयार भई स्वीकृत नभएको अवधिसम्म नगर विकास समितिहरुले स्थानीय तहसँग समन्वय गरी कार्य संचालन गर्ने तथा सो कार्यविधी तयार गर्न यस मन्त्रालयका तर्फबाट सहरी विकास तथा भौतिक योजना महाशाखा प्रमुखज्यू, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सहरी विकास महाशाखा हेर्ने उप–महानिर्देशकज्यू तथा नगर विकास समिति तथा साना सहर शाखा प्रमुखज्यू सहितको तीन सदस्यीय टोली गठन भएको छ ।