रुग्न आयोजनाको छानबिन तथा समस्या समधान समिति गठन सम्बन्धनमा
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सञ्चालित रुग्ण आयोजनाको छानविन गरी समस्या समाधान गर्न नेपाल सरकार (सचिवस्तर) मिति २०७४-०५-०२ को निर्णयानुसार १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि यस सहरी विकास मन्त्रालयको सह–सचिव (प्रा.) श्री द्धारिका श्रेष्ठज्यूको संयोजकत्वमा सि.डि.ई. श्री संजय प्रसाद साह, सि.डि.ई. श्री सुमन सालिके, कानून अधिकृत श्री दिलिप कुृमार प्रधान र लेखा अधिकृत श्री निराजन उपाध्याय सहितको ५ सदस्यीय रुग्ण आयोजनाको छानविन तथा समस्या समाधान समिति गठन भएको छ । सो समितिले देहाय वमोजिमको कामहरु गर्ने छन् ।
संचालित आयोजनाहरुको माग गर्ने ।
रुग्ण आयोजनाको पहिचान गर्ने र फायल झिकाई अध्ययन गर्ने ।
निर्माण व्यवसायी,कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो पहिचान गर्ने
आवश्यकता अनुसार निर्माण व्यवसायी एंव सम्बृद्ध कर्मचारी संग मौखिक वा लिखित वयान लिने
कमी कमजारी गर्नेलाई कारवाहीको सिफारिस गर्ने
रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमी बारे सिफारिस गर्ने ।