नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४।०३।०४ को निर्णयानुसार प्रदेश स्तरका सरकारी कार्यालयहरुको आवश्यकता पहिचान एंव मापदण्ड निर्धारण गर्न तपसिल बमोजिमको कार्य टोली गठन गरिएको छ । उल्लेखित समितिले २ महिना भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
तपसिल :- १. प्रमुख आवास तथा भवन महाशाखा, सहरी विकास मन्त्रालय – संयोजक २. महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल – सदस्य ३. उपमहानिर्देशक सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल – सदस्य ४. प्रतिनिधि (उप–सचिव स्तर), संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य ५. प्रतिनिधि (उप–सचिव स्तर), सामान्य प्रशासन मन्त्रालय – सदस्य ६. प्रमुख, आर्थिक प्रशासन शाखा, सहरी विकास मन्त्रालय – सदस्य ७. सि.डि.ई., आवास तथा भवन महाशाखा, सहरी विकास मन्त्रालय – सदस्य सचिव