बाढी ग्रस्त जिल्लाहरुमा त्रिपाल बांड्न तथा अस्थायी आवासको व्यवस्था गर्ने सम्बन्धमा प्रेस विज्ञप्ति
मिति २०७४-०४-३२ गते माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको संयोजकत्वमा आपूर्ति,आश्रय तथा पूर्नस्थापन उपसमितिको बैठक बसी देहाय वमोजिमका निर्णय गरियो ।
निर्णयहरुः
१. क्षेत्रीय प्रशासन कार्यालय हरुको गोदामघर (धबचभजयगकभ) हरुमा रहेको त्रिपालहरुको निम्नानुसारको मौजुद मौज्दातबाट तपसलिमा उल्लेखित सख्यामा बाँड्न क्षेत्रिय प्रशासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरियो । साथै यसमा थपघट गर्नुपर्ने भएमा जिल्ला दैवीप्रकोप उद्धार समितिबाट सिफारीस भए अनुसार गर्नकालागि क्षेत्रिय प्रसासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरियो र यसको जानकारी केन्द्रिय दैवि प्रकोप उद्धार समिति गृहमन्त्रालयमा पठाउने निर्णय गरियो ।
२. बाढीबाट विस्थापित भई अस्थाई आवासको व्यवस्था गर्नु पर्ने घरधुरी तथा परिवारहरुको यथार्थ विवरण शहरी विकास मन्त्रालयमा यथाशिघ्र पठाउन जिल्ला दैवीप्रकोप उद्धार समितिहरुलाई निर्देशन दिने निर्णय गरियो ।
३. बाढीग्रस्त जिल्लाहरुमा जिल्ला दैवि प्रकोप उद्धार समितिको समन्वयमा आवश्यक परेका स्थानहरुमा शहरी विकास तथा भवन निर्माण विभागबाट तयार भएको नमूना डिजाइन अनुसार अस्थायी आवास निर्माण गर्न उक्त विभागको डिभिजन अनुसार कार्यालयहरुले प्राविधिक सहयोग पु¥याउन निर्देशन दिने निर्णय गरियो ।
डा. रमेश प्रसाद सिंह सहसचिव/प्रवक्ता सहरी विकास मन्त्रालय